इंग्ल्याण्डको ऐतिहासिक जितमा स्टोक्स नायक

डिसी नेपाल
८ भदौ २०७६ २१:२५

लण्डन (एजेन्सी) । आइतबार घरेलु टिम इंग्ल्याण्डले एशेज सिरिजको तेस्रो टेष्टमा ऐतिहासिक जित हात पार्दा उसका अलराउण्डर बेन स्टोक्सले चमत्कारिक प्रदर्शन गरेका छन्। १९४८ पछि एशेजमा सबैभन्दा कम स्कोर बनाएको इंग्ल्याण्डले पहिलो इनिंगमा मात्र ६७ रन बनाउन सकेको थियो । सबैभन्दा न्युन स्कोरमा समेटिएको इंग्ल्याण्डले आइतबार टेष्टको चौथो दिन सबैभन्दा उच्च लक्ष्यलाई फलतापूर्वक पछ्याएको हो।

अष्ट्रेलियाले पहिला इनिंगमा १७९ र दोस्रो इनिंगमा २४६ रन बनाएपछि जितका लागि इंग्ल्याण्डले ३५९ रनको चुनौतिपूर्ण लक्ष्य पाएको थियो। यसअघि जस्तै विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि ओपनरले खराब ब्याटिंग गरे। कप्तान जोय रुटले ७७ रन जोय डन्लीले ५० रन बनाउँदै इंग्ल्याण्डको आशा जोगाएका थिए। डेन्ली आउट भएपछि मैदानमा आएका बेन स्टोक्स र रुटबीच राम्रो साझेदारी भइरहेका बेला रुट आउट भए। रुट आउट भएसँगै इंग्ल्याण्डमाथि हारको खतरा बढेको थियो। रुटपछि जोस बटलर, क्रिस वक्स र स्टुवर्ड बोर्डले खासै योगदान दिन सकेनन् ।

बीचमा जोफ्रा आर्चरले १५ रन बनाएर स्टोक्सलाई साथ दिने प्रयास गरेका थिए। बोर्ड आउट भएपछि इंग्ल्याण्डलाई जितका लागि ७४ रनको आवश्यकता थियो भने एकमात्र विकेट बाँकी थियो । अन्तिम विकेटका लागि स्टोक्स र लिचबीच नटआउट ७६ रनको साझेदारी बनेपछि इंग्ल्याण्डले ऐतिहासिक जितसहित सिरिज पनि एक एकको बराबरी गरेको छ। सो ७६ रन मध्ये लिचले १७ बल खेलेर एक रनमात्र बनाए। बाँकी रन स्टोक्सले बनाए । उनले करिअरकै उत्कृष्ट इनिंग खेल्नेक्रममा नटआउट १३५ रन बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *