आइसिएफसी फाइनान्सले ऋणपत्र बिक्री गर्ने

डिसी नेपाल
८ भदौ २०७६ २३:५०

काठमाडौँ । आइसिएफसी फाइनान्स लिमिटेडले रु २० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल दुई लाख कित्ता ऋणपत्र प्रतिकित्ता एक हजारका दरमा बिक्री गर्ने तयारी गरिएको हो ।

ऋणपत्र निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा आज ग्लोबल आइएमई क्यापिटल लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

उक्त ऋणपत्र सात वर्षका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रत्येक छ÷छ महीनामा ब्याज पाउने गरी बिक्री गर्न लागिएको हो।

‘क’ वर्गका वाणिज्य बैंकपश्चात् नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी ऋणपत्र बिक्री गर्ने पहिलो वित्तीय संस्थाका रूपमा उक्त वित्तीय कम्पनी रहेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *