पूर्वराजाको सुविधा कटौति गर्नुपर्छ : योगेश भट्टराई

डिसी नेपाल
१८ चैत २०८१ १४:४६

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन्। भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणीसमेत गरे।

उनले जनताले फ्याकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गरे। पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै उनले राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरे।

राजतन्त्रको छिनोफानो इतिहासले अब कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको उनले बताए। उनले गणतन्त्रको रक्षाका लागि सवै दलहरू एक ठाउँ भएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *