पंजाबको लगातार दोस्रो जित, लखनउ आठ विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)को आजको खेलमा पंजाब किंग्सले लखनउ सुपरजायन्ट्सलाई पराजित गरेको छ।
लखनउमा भएको खेलमा पंजाबले लखनउलाई ८ विकेटले पराजित गरेको हो। जारी आईपीएलमा पंजाबको यो लगातार दोस्रो जित हो। लखनउ भने तीन खेलमध्ये दुई खेलमा पराजित तथा एकमा विजयी भएको छ।
लखनउले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पंजाबले १६.२ अोभरमा २ विकेट गुमाएर पुरा गर्यो। पंजाबका कप्तान श्रेयस ऐअर र ओपनर प्रभसिमरन सिंहले अर्धसतक बनाए। ऐअरले ३० बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए भने प्रभसिमरनले ३४ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए। यस्तै नेहाल बडेराले २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरि ४३ रन बनाए। लखनउका दिग्भेष राठीले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० अोभरमा ७ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो। लखनउका निकोलस पुरनले सर्वाधिक ४४ रन तथा आयुष बडोनीले ४१ रन बनाए। यस्ते ऐडेन मार्करमले २८ रन बनाउँदा अब्दुल समदले २७ रन बनाए। पंजाबका अर्शदीप सिंहले तीन विकेट लिए।
Facebook Comment