सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु

डिसी नेपाल
२० चैत २०८१ १०:०२

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ।  इन्स्योरेन्सले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ।

यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ।

अपडेट गरेपछि लाभांश पाइनेछ। कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *