पटाका बनाउने क्रममा विस्फोट हुँदा एकै परिवारका आठ जनाको मृत्यु

डिसी नेपाल
२० चैत २०८१ ११:०७

काठमाडौं । पश्चिम बंगालको दक्षिण २४-परगना जिल्लाको पथर प्रतिमा क्षेत्रमा सोमबार एक पटाका कारखानामा राखिएको पटाकाको भण्डारमा विस्फोट र आगलागी भएको छ।

मंगलबार दिउँसो भएको यस घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ, मृतकमा चार बालबालिका पनि समावेश छन् र ती सबै एकै परिवारका हुन्।

घटना हुँदा परिवारका एघार सदस्यमध्ये तीन जना घर बाहिर रहेको प्रहरीले जनाएको छ।

यी तीन जना बाहेक, अरू सबैको मृत्यु भइसकेको छ। पटाका व्यवसायमा संलग्न परिवारका दुई दाजुभाइ चन्द्रकान्त बनिक र तुषार बनिक विरुद्ध प्रहरीले गैर-जमानती धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रहरीले दुवै दाजुभाइसँग पटाका व्यवसायको लाइसेन्स रहेको बताएको छ। घरमा ठूलो मात्रामा पटाका भण्डारण गरिएको थियो। कुनै कारणले यो विस्फोट भयो। जसका कारण बनिक परिवारका सात जनाको घटनास्थलमै मृत्यु भयो।

मृत्यु हुनेमा चन्द्रकान्त र तुषारका बुबा अरविन्द बाणिक (६५), हजुरआमा प्रभावती बाणिक (८०), चन्द्रकान्तकी श्रीमती सन्तवाना बाणिक (२८), छोरा अर्णव बाणिक (९), छोरी अस्मिता बाणिक (८ महिना) र तुषारकी छोरी अनुष्का बाणिक (६ महिना) र छोरा अंकित बाणिक (६ महिना) छन् ।

त्यतिबेला दाजुभाइ र आमा दुवै घरबाहिर थिए। तुषारकी श्रीमती रूपाको पछि अस्पतालमा मृत्यु भयो। तर, स्थानीयवासीले विस्फोट भएको घरमा लामो समयदेखि अवैध पटाका उत्पादन भइरहेको आरोप लगाएका छन्।

उनले भने कि यदि प्रशासनले पहिले नै यस विषयमा हस्तक्षेप गरेको भए यो दुर्घटनाबाट बच्न सकिन्थ्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *