घट्यो सुनको भाउ

डिसी नेपाल
२० चैत २०८१ ११:०९

काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *