सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने

डिसी नेपाल
२० चैत २०८१ १७:००

काठमाडौं । गृह मन्त्रालयले तीनकुने घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ।

शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो।

दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको हो। उक्त रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *