ट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान

डिसी नेपाल
२० चैत २०८१ १७:०७

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक फेला परेका छन्।

प्रहरीले अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ।

यसअघि गत चैत्र ४ गते राति प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो।

सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *