भारत जाने श्रमिकको तथ्यांक राख्न प्रदेश सचिवलाई मुख्यमन्त्रीको निर्देशन

डिसी नेपाल
२० चैत २०८१ १९:५४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन्।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको सुदूरपश्चिम सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले उक्त निर्देशन दिएका हुन्।

उनले रोजगारीको शिलशिलामा भारत जाने श्रमिकलाई बीमालाभमा समेट्नु पर्ने बताउँदै यसतर्फ प्रदेश सरकार संवेदनशिल रहेको बताएका हुन्।

उनले रोजगारीका लागि खाडी मुलुक लगायत तेस्रो मुलुक जाने श्रमिक सँगसँगै रोजगारीका लागि भारत जाने श्रमिकहरुको श्रमिक बीमा गर्नुपर्ने बताए। श्रमिकले बीमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेश सचिव र सचिवहरूलाई भारत जाने श्रमिको तथ्यांक संकलन गरी प्रक्रिया अगाडी बढान र गृहकार्यमा लाग्न निर्देशन दिए।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमवासीको विपत बीमा गर्ने योजना लिएकोले नियमनकारी निकाय बीमा प्राधिकरण र बीमा गर्ने संघ संस्थाले चिन्ता तथा चासो लिएमा सहज हुने बताए।

महिला स्वंयम सेविकाको बीमा सरकारले गर्नुका साथै महिला शिक्षिकाहरूको हकमा सरकारले प्रतिव्यक्ति २ हजार अनुदानमा दिदै आएको मुख्यमन्त्री शाहले जानकारी दिए। साथै उनले कृषि बीमाका लागि प्रदेश सरकारले विशेष योजना ल्याएर बढी भन्दाबढी किसानलाई सहभागी गराउने बताउदै बीमा गरिसकेपछि बीमाबाट पाउँने लाभ झन्झटिलो भएकोले प्रविधिको भरपुर प्रयोग गरि सहज वातावरण मिलाउन सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *