पाँच दिनपछि १२ घन्टाको प्रयासमा भग्नावशेषबाट जीवितै उद्दार

डिसी नेपाल
२१ चैत २०८१ ८:१३

म्यानमार। भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।

गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको सूचना टोलीले जनाएको छ । म्यानमारको फायर सर्भिस डिपार्टमेन्ट र टर्कीका उद्धार टोलीले एक जनाको सकुशल उद्धार गरेका छन् ।

सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः०० बजे सुरु भएको उद्दार पक्रिया १२ घन्टा पछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्दार प्रयास पछि ५ दिन पछि जीवितै उद्दार गरिएको हो ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार फसेका बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *