फिल्म एक्लोको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रमा मुख्य अभिनेत्री बेनिषा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा हमाललाई सुन्दरी देखाइएको छ। उनको क्यारेक्टर नाम क्विन मारा रहेको छ। हमालको लुक्सले चलचित्र केही फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन्।
चलचित्रका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय सिनेमा हो। लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन्। हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ। चलचित्र दीपावलीको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
यो चलचित्रमा स्टारकास्टहरूको लाइन नै लागेको छ। जसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ तथा स्योन सविक सिंहलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।
चलचित्र ‘एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।
बाबु श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन्।
Facebook Comment