ट्रम्पको करपछि बेलायती प्रधानमन्त्रीले भने – ‘म पनि बेलायतको हितमा निर्णय लिनेछु’

डिसी नेपाल
२१ चैत २०८१ १५:१४

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्पले लगाएको करप्रति प्रतिक्रिया जनाएका छन्।

उनले भने, “हिजो राति अमेरिकी राष्ट्रपतिले आफ्नो देशको हितमा निर्णय लिनुभयो। आज म बेलायतको हितमा निर्णय लिनेछु।”

“आगामी दिन र हप्ताहरूमा हामीले लिने कुनै पनि निर्णय हाम्रो राष्ट्र, अर्थतन्त्र, व्यवसाय र काम गर्ने जनताको हितमा हुनेछ।”

केयर स्टारमर भन्छन्, “यो स्पष्ट छ कि अमेरिकाको यो निर्णयले हाम्रो र विश्वको अर्थतन्त्रमा प्रभाव पार्नेछ। तर म स्पष्ट रूपमा भन्न चाहन्छु, हामी यसको लागि पूर्ण रूपमा तयार छौं। हाम्रो सबैभन्दा ठूलो शक्ति भनेको हामी हरेक परिस्थितिमा शान्त र बुद्धिमानीपूर्वक काम गर्छौं।”

केयर स्टारमरले भने, “व्यापार युद्धमा कसैले पनि जित्दैन र यो हाम्रो हितमा छैन।” स्टारमरले डोनाल्ड ट्रम्पसँग कुनै पनि सम्झौता बेलायतको लागि फाइदाजनक भएमा मात्र गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *