राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवसीय राजदूत नियुक्त

डिसी नेपाल
२१ चैत २०८१ १५:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका हुन्।

जसअनुसार चीनका लागि नेपाली राजदूत प्रा. डा. कृष्णप्रसाद ओली, मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *