महोत्तरीको चुरे क्षेत्रमा वायुप्रदूषण भयावह बन्दै

डिसी नेपाल
२१ चैत २०८१ १६:१२

महोत्तरी । महोत्तरीको चुरे क्षेत्रका स्थानीय एक्कासी आँखा पोल्ने समस्याबाट स्थानीय प्रताडित बनेका छन्।

वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानीयको भनाइ छ।

केही दिनदेखि वायु प्रदूषण अत्याधिक बढेपछि बाहिर निस्कँदा र घरमा नै बसिरहँदा पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए। ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्याधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रह्यो भने भयावह हुने देखिन्छ।’

विशेषगरि जिल्लाको औरही नगरपालिकादेखि माथि बर्दिवास, गौशाला नगरपालिकामा यो समस्या देखिएको छ। आकाश र वरपर अत्याधिक धुवा देखिएपछि बिहानै मर्निङवाकमा निस्कनेहरू त्रसित बनेका छन्।

शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीले वायु प्रदूषणका तस्बिर साझा गर्दै विशेषगरि बालबालिका र वृद्धहरूलाई सचेत हुन् आग्रह गरेका छन्। ‘अहिले चुरेमा बाक्लो हुस्सु जस्तो देखिन्छ, त्यो वायुप्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवैजना यसबाट सावधान अपनाउनु पर्ने नितान्त आवश्यक छ।’

स्वास्थ्यकर्मीले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *