पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित

डिसी नेपाल
२१ चैत २०८१ १७:३७

काठमाडौं। नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु-१९ टोलीसँग १३० रनले पराजित भएको छ। यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७० रन मात्र बनाउन सफल भएको थियो।

नेपालका लागि निरजकुमार यादवले ६१ बलमा ४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए भने सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रनमात्रै बनाउन सफल भए।

अफगानिस्तका लागि वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन र कप्तान महबुब खानले समान दुई तथा अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले समान एक विकेट लिएर नेपाललाई पहिलो खेलमा पराजित गरे।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा ९ विकेट गुमाउँदै ३०० रनको योगफल तयार पारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *