तीनकुने घटनाः कानुन समितिले पनि बोलायो गृह मन्त्रीलाई

डिसी नेपाल
२१ चैत २०८१ १७:४३

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री रमेश लेखकलाई बोलाउने भएको छ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेलगत्तै गृह मन्त्री लेखकलाई बोलाउने निर्णय गरेको हो।

गत चैत १५ गते राजावादी प्रदर्शनमा भएको हिसात्मक झडपको बिषयमा जानकारी लिन गृह मन्त्री लेखकलाई बोलाउने निर्णय भएको सभापति बिमला सुबेदीले जानकारी दिएकी छन्।

समितिको आगामी बैठकमा उक्त घटनाबारे थप छलफल हुनेछ। गृह मन्त्री लेखकलाइ बाेलाउने बैठककाे मिति भने तय गरिएकाे छैन।

यसअघि राज्य ब्यवस्था समितिले पनि गृह मन्त्री लेखकलाई बोलाएको थियो। भोली उक्त बैठकमा गृह मन्त्रीलाई निमन्त्रणा गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *