अदालतले शालिकरामको हत्या नभएको स्वीकार गर्यो

डिसी नेपाल
९ भदौ २०७६ १७:१०

काठमाडौं। चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको हत्या भएको नभइ आत्महत्या भएको तथ्य स्वीकार गरेको छ । सोमबार अदालतमा बहसपछि अदालतले आत्महत्या नै भएको मानेको मृतक शालिकरामका वकिल स्वागत नेपालले बताएका छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै अदालतले शालिकरामको आत्महत्या भएको स्वीकार गरेको जानकारी दिएका हुन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुडासैनी पक्षबाट बहस गरिरहेका अधिवक्ता स्वागत नेपालले उक्त प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको दाबी गरेका छन् । उनले जिल्ला अदालत चितवनले पनि औपचारिक रुपमा आत्महत्या नै मानिसकेको जनाएका छन् ।

उनले अघि भनेका छन्, ‘आफ्नो बहसको निष्कर्ष अदालतबाट स्वीकार भएर अब हत्या होइन आत्महत्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरी नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि अदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *