पाकिस्तानलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

डिसी नेपाल
३ भदौ २०७५ ९:१७

इन्डोनेसिया ।  इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत नेपालको ब्याडमिन्टनको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई तीन एकले हराएको हो ।

तीन एकल र दुई युगल प्रतिस्पर्धा समावेश हुने यस खेलमा नेपालले दुई एकल र एक युगलमा जित हात पारेको हो । एकलतर्फ नम्बर एक रत्नजित तामाङ र दिपेश धामीले जित हात पारेका हुन । नविन श्रेष्ठ भने पराजित भए ।

युगलतर्फ दिपेश र रत्नको जोडीले जित हात पारेपछि नेपाल एक युगल प्रतिस्पर्धा अघि नै क्वाटरफाइनलमा पुगेको हो । नेपालले क्वाटरफाइनलमा चाइनिज ताईपेइको सामना गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *