बाल्टिमोरस्थित बाना अध्यक्षमा जितेन्द्र गुरुङ निर्वाचित, अन्य पदमा को-को भए विजयी?

डिसी नेपाल
२६ चैत २०८१ ७:३७

काठमाडौं । बाल्टिमोरस्थित बानाको अध्यक्षमा जितेन्द्र गुरुङ निर्वाचित भएका छन्।

अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा रहेको नेपालीहरूको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना)को सोमबार सम्पन्न निर्वाचनको नतिजा आज बिहान आएको छ।

अध्यक्षमा गुरुङ ११६१ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धि लक्ष्मी भरतीले ५६१ र कोशिस भण्डारीले ९५५ मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्षमा जनकबहादुर थापा ९८५ मतका साथ विजयी हुँदा सागर घिमिरेले ७४३ र डा. एकता कोइरालाले ८५७ मत प्राप्त गरे।

उपाध्यक्षमा ब्रजेश महर्जन विजयी भएका छन्। उनले ११२५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धिहरू गणेश भट्टराईले ८६६ र प्रेमबहादुर कमलीले ५७५ मतमा चित्त बुझाउनु पर्‍यो।

यस्तै महासचिवमा सलिन बस्नेत १००१ मतका साथ विजयी भएका छन्। उनले दमन विक्रम शाह र तारा खराल न्यौपानेलाई पराजित गरेका थिए। शाहले ६९८ र खरालले ८५८ मत प्राप्त गरेका छन्।

सचिवमा सुशील खत्री ९३९ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धि बसन्त बस्नेतले ७२६ र जनक बी पुन मगरले ८७५ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा सञ्जु डंगोल ९९७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धि राजेन्द्र रेग्मीले ७२२ र करुणा खड्काले ८२४ मतमा चित्त बुझाउनु परेको छ।

यस्तै सदस्यहरूमा सोनिका चुनारा, लक्ष्मीराम शाह, राजु सुवेदी, भूपेशजंग शाही, हृदय केसी, अर्जुन क्षेत्री, प्रविण लामा र डा. कृष्ण विष्ट विजयी भएका छन्।

बानामा ४ हजार ८ सय ३ जना मतदाता रहेकोमा २७ सय नौ जनाले मतदान गरेका थिए। विभिन्न पदमा गरी २९ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए। बाना सन् २००५ मा स्थापना भएको संस्था हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *