अखिलको अध्यक्ष बन्न तम्सेका एमबीबीएस डाक्टर

काठमाडौं । सुजन कडरिया मेडिकल डाक्टर हुन्। सहकर्मी अस्पतालका आकर्षक सेवा सुविधामा रमाउँदै गर्दा उनी औषधी बोकेर दुर्गम गाउँबस्तीमा पुगिरहेका हुन्छन्।
उनीसँग प्रयाप्त रकम कमाउन सक्ने हैसियत छ। तर, सादा र सरल जीवनशैलीमा रमाइरहेका हुन्छन्। उनी दुःखीका घाउ सुम्सुम्याउन र मलमपट्टी गर्न अलौकिक आनन्द देख्नछन्।
कोरोना महामारीमा रामछापको लिखुतामाकोशीस्थित खिम्ती अस्पतालमा सयौं बिरामीको ज्यान बचाउँदा होस् वा जाजरकोटमा भूकम्पको बेला उद्धारमा खटिँदा उनी सवैको मनमा बस्न सफल व्यक्ति हुन्।
काठमाडौं विश्वविद्यालयबाट विधार्थी राजनीति सुरु गरेका उनी केयूएसएमएसका स्ववियु सभापति हुँदै एमएसए रास्ट्रिय कमिटी अध्यक्ष, केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै २३औं महाधिवेशनमा सर्वाधिक मतका साथ अनेरास्ववियुको सचिवमा निर्वाचित भएका थिए।
अबको यात्रा बदलिँदो परिवेशमा विधार्थी आन्दोलनलाई प्याराडाइम सिफ्ट गर्ने उनको लक्ष्य छ। अनेरास्ववियुको संरचनामा व्यापक हेरफेर, उत्पादनसँग अखिल, शैक्षिक नीतिमा स्पष्टता र कार्यन्वयन, रातो घरको निर्माण गर्ने घोषणा गर्दै उनी अनेरास्ववियु अध्यक्षको दौडमा छन्।
अनेरास्ववियुको २४औं महाधिवेशन नजिकिँदै गर्दा विभिन्न आकांक्षीले आफ्नो तयारी अगाडि बडाउने क्रममा उनले पनि तयारीलाई तीव्रता दिएका छन्।
केहि सञ्चारमाध्यममा आफूविरुद्ध अफवाह फैलाएको भन्दै उनले प्रेस काउन्सिलमा उजुरु दर्ता गरेका छन्। ‘निष्ठाको राजनीति गर्दैगर्दा प्रहार हुनु स्वभाविक हो। तर, यसरी पत्रकारिताको विश्वसनीयतामाथि दाग लाग्ने काम गर्नु भने गलत हो। सत्य र तथ्यपूर्ण समाचार पत्रकारिताको धर्म हो,’ उनले भने।
उनले आफू निर्वाचित भइसकेपछि सधैँ युवा र विद्यार्थीको हकहितमा नै काम गर्ने प्रतिवद्धता जनाएका छन्।
Facebook Comment