पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु, छोरा घाइते

डिसी नेपाल
१ वैशाख २०८२ २०:३३

तानसेन (पाल्पा)। पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र एक जना घाइते भएका छन्। जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको आज मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।

बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाइते भएका छन्। उनको मिसन अस्पतालमै उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *