ल्याण्ड गर्ने बेला विमानको पाङ्ग्रा तारमा अल्झिएपछि दुर्घटना

डिसी नेपाल
१० भदौ २०७६ १२:२४

अलीगढ। भारतको उत्तर प्रदेशको अलीगढमा मंगलबार बिहान विमान दुर्घटना भएको छ । यो विमान ल्याण्ड गर्ने क्रममा विमानको पाङग्रा तारमा अल्झिएको बताइएको छ । पाङग्रा तारमा अल्झिएपछि रनलेमा टेक्ने बेला नै विमानमा आगो लागेको थियो । विमान विष्फोट हुनुभन्दा अघि नै दुई पाइलटसमेत विमानमा सवार ६ जनालाई उद्धार गरिएको छ ।

घटनास्थलमा पुगेको दमकलले आगो नियन्त्रण गरेको बताइएको छ । जानकारीका अनुसार निजी उड्डयन कम्पनीको ट्रेनर विमान मर्मतको लागि दिल्लीबाट अलिगढ लगिएको थियो । विमानमा दुई पाइलटका अलावा अन्य ४ जना पनि कम्पनीकै कर्मचारी लिए । अलिगढमा विमानस्थलमा रनवेको निर्माण कार्य भइरहेको बताइएको छ । यही कारण त्यहाँ बिजुलीका तार फैलिएका थिए । त्यही तारमा विमानको पाङग्रा अल्झिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *