सुगम, बर्षा र तृष्णा एकसाथ युरोप टुरमा

डिसी नेपाल
१० भदौ २०७६ १४:१३

काठमाडौं । युरोपका विभिन्न देशमा असोजको २७ गतेदेखि कात्तिकको ७ गतेसम्म सांगीतिक कार्यक्रम हुने भएको छ ।

पिस एन्ड ब्यूटिफूल चिल्र्डेन वेलफेयरको आयोजनामा ‘पिस एन्ड यूनिटी अ म्यूजिकल टुर’ नाम दिइएको यस कार्यक्रममा गायक सुगम पोखरेल, नायिका वर्षा राउत र गायिका तृष्णा गुरुङ पनि हुनेछन् ।

कार्यक्रम युरोपका ३ देशमा हुनेछ । जसमा डेनमार्क, बेल्जियम र पोर्चुगल रहेका छन् । कार्यक्रमले देशमा रहेका निमुखा तथा असाहय बालबालिकाहरुको आधारभुत आवश्यकता पुरा गर्नुका साथै उनीहरुको शिक्षा दिक्षामा सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

मंगलबार कार्यक्रमको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै गायक पोखरेलले एउटा पवित्र उद्देश्यका कारण आफूहरु यस कार्यक्रममा जोडिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *