पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको बलिउडले चोर्यो पाकिस्तानी गीत !

डिसी नेपाल
११ भदौ २०७६ ११:४७

काठमाडौं। पछिल्लो समय पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको भारतको फिल्म उद्योग बलिउडले पाकिस्तानी गीत चोरी गरेको पाइएपछि विवाद बढेको छ । पछिल्लो समय रिलिज भएको आलिया भट्टको गीत ‘प्राडा’को संगीत पाकिस्तानी गायक जुनैद जमशेदको गीत ‘गोरे रंग का जमाना’सँग दुरुस्तै मिलेको छ । यो गीत दुरुस्तै मिलेसँगै पाकिस्तानी अभिनेत्री मोहविश हयातले यसको खुलेरै आलोचना गरेकी छिन् ।

मोहविशले लेखेकी छिन् –‘मलाई यो निकै अनौठो लाग्यो कि एकातिर बलिउड पाकिस्तानलाई हरेक अवसरमा गाली गर्छ । अर्कोतर्फ हाम्रा गीतलाई बिना कुनै स्वीकृति चोरी गरिरहन्छ । कपिराइट उल्लंघन र रोयल्टी भुक्तानसिँग उनीहरुलाई कुनै मतलब नै छैन ।’ प्राडा गीत पाकिस्तानको भाइटल साइनको गीत गोरे रंग का जमानासँग मिलेको पाइएपछि पाकिस्तानमा यसको तीब्र विरोध भएको छ ।

सुन्नुहोस् आलिया भट्टको गीत ‘प्राडा’–

पाकिस्तानी गायक जुनैद जमशेदको गीत सुन्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *