सलमानको एक ट्वीटले संजयलीला भन्साली र सलमानबीच लफडा, नबन्ने भो इश–अल्लाह
मुम्बई (एजेन्सी) । बलिउड फिल्म निर्माता तथा निर्देशक संजयलीला भन्साली र सुपर स्टार सलमान खानबीच विवाद भएको छ। यी दुईबीच विवाद हुँदा भन्सालीले सलमानको मुख्य भूमिकामा बनाउन लागेको इश–अल्लाह नामको फिल्म तत्कालन नबनाउने घोषणा गरेका छन्। सलमानले पनि इश अल्ला फिल्म छाडेको बताएका छन्।
समाचारअनुसार भन्साली र सलमानबीच तनाव हुनुको एक कारण सलमान खानले हालै गरेको एक ट्वीट हो। जसमा उनले ईदको समयमा कुनै फिल्ममा आउने बताएका थिए। उनको यो ट्वीटपछि सबैले इश अल्ला फिल्म आगामी ईदमा रिलिज हुने अनुमानहरु गरेका थिए।
तर, यो ट्वीटपछि भन्साली निकै दुःखी बनेको बताइएको छ। आफ्नो प्रोजेक्टलाई आफ्नो सन्तान मान्ने भन्सालीले आफ्नो प्रोजेक्टबारे कुनै सल्लाहा नै नगरी सलमानले रिलिज मिति घोषणा गरेपछि फिल्म नै नबनाउने निर्णयमा पुगेका हुन्।
Itna mat sochna mere baare mein, Dil mein aata hoon.. aur Eid pe bhi ?
— Salman Khan (@BeingSalmanKhan) August 26, 2019
समाचारअनुसार सलमानले सो ट्वीट गरेको भोलीपल्ट भन्साली र सलमानबीच बैठक तय गरिएको थियो। तर, सो ट्वीटपछि भन्सालीले बैठक स्थगित गरिदिए। र उनले प्रोजेक्ट रोक्न निर्देशन दिए। यसपछि सलमानले ट्वीट गरेर आफुले सो फिल्म छाडेको जानकारी दिएका छन्।
भन्साली बलिउडमा कलात्मक फिल्म निर्माताका रुपमा चर्चित छन्। सलमान सुपर स्टार नै हुन्। अब भन्सालीले कुनै अन्य सुपरस्टारलाई लिएर यो प्रोजेक्ट बनाउने तयारी गरेको जनाइएको छ। सो फिल्ममा आलिया भट्ट भने रहने जनाइएको छ।
Facebook Comment