आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट

डिसी नेपाल
११ भदौ २०७६ २३:०३

काठमाडौं । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन्।

उनी ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका हुन्। उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल भएका हुन्।

साथै प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमीङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भएका हुन्।

भारतका संघीय गृहमन्त्री अमित साह प्रमुख अतिथि रहेका २४ अगष्ट, २०१९ मा आयोजित दिक्षान्त समारोहमा उक्त तालिमका विभिन्न विधाहरुमा पुरस्कार वितरण गरिएको थियो।

विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको हो। करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्ट सहित २ चरणमा संचालन हुने गर्दछ।

१८ डिसेम्बर २०१७ मा सुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन्। सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो।

सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतहरुले तालिम सम्पन्न गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *