क्रिकेटर अमित श्रेष्ठ र किशोर महतो सिंगापुर जाँदै

डिसी नेपाल
१२ भदौ २०७६ १६:१५

काठमाडौं । नेपालका दुई क्रिकेटर अमित श्रेष्ठ र किशोर महतो क्रिकेट खेल्न सिंगापुर जाने भएका छन्।

सिंगापुरमा आयोजना हुने एक क्रिकेट प्रतियोगिताको लागि अमित र किशोर बिहीबार राति त्यसतर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका भिडियो विश्लेषक तथा मिडिया म्यानेजर सुरज शाक्यले बताए।

नेपाल पुलिस क्लबका अमित श्रेष्ठ र गण्डकी प्रदेशका किशोरले मलेसिया, नेपाल र सिंगापुरका खेलाडी मिलाएर बनाइएको टिमबाट सिंगापुरको राष्ट्रिय टिमविरुद्ध खेल्नेछन्। तीन राष्ट्रका खेलाडी सम्मलित टिमले सिंगापुरको राष्ट्रिय टिमविरुद्ध खेल्नेछन्।

अमित र किशोर राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि असोज २२ गते नेपाल आइपुग्ने छन् । दुवै खेलाडी साग टिमको प्रारम्भिक नेपाली टोलीमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *