पीएसजी र रियल एउटै समूहमा
एजेन्सी। स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन्।
युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार सार्वजनिक गरेको समूह चरणको खेल विभाजनमा रियल र पीएसजी एकै समूहमा परेका हुन्।
युईएफएले गरेको ड्र मा रियल र पीएसजी समूह ए मा परेका छन्। यो समूहमा क्लब वर्ग, गलातासारे रहेका छन्। साविकको विजेता तथा इंग्लिश क्लब लिभरपुल समूह ई मा परेको छ। यो समूहमा नापोली, साल्जबर्ग र जेन्क रहेका छन्।
गत सिजनको उपविजेता टोटेनहम र जर्मन महारथी वायर्न म्युनिख समूह बीमा परेका छन्। दुवै टोली समूह चरणमै प्रतिस्पर्धा गर्नेछन्। स्पेनिस क्लब बार्सिलोना कठिन मानिएको समुह एफ मा परेको छ। बार्सिलोना रहेको समूहमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान रहेका छन्। यो समूहलाई ग्रुप अफ डेथ मान्न सकिन्छ।
इटालियन च्याम्पियन युभेन्ट्स समूह डी मा रहेको छ। यस समूहमा एट्लेटिको मड्रिड, लिभरकुसेन र लोकमोटिभ मस्कोभा रहेका छन्।
इन्ग्लिश क्लब म्यानचेस्टर सिटी सहज समूह सी र चेल्सी समूह एच मा रहेको छ । युईएफएले समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई ४ पटकमा विभाजन गरेर ड्र गरेको छ । र, ३२ टोलीलाई ८ समूहमा विभाजन गरेको छ ।
Facebook Comment