रायुडूले सन्यास फिर्ता लिए!

डिसी नेपाल
१३ भदौ २०७६ ८:४६

एजेन्सी । भारतीय क्रिकेटर अम्बाती रायुडू फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने भएका छन् । इंग्ल्याण्ड विश्वकपको टिममा नपरेपछि असन्तुष्ट हुँदै सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका रायुडूले आफ्नो सन्यास फिर्ता लिएका छन्।

आफ्नो सन्यास फिर्ता लिँदै मैदान फर्कनका लागि हैदरावाद क्रिकेट एशोसिएसनलाई इमेल गरेको क्रिकइन्फोले जनाएको छ। रायडूले इमेलमा आफू फेरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न तयार रहेको बताइएको छ । उनले सन्यास घोषणा गर्न अलि हतार गरेको भन्दै हैदराबादको टिममा सामेल हुनका लागि सेप्टेम्बर १० तारिखदेखि उपलब्ध हुने पनि बताएका छन् ।

हैदरावादका छनोट समिति अध्यक्ष नोएल डेविडले रायडूलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताएका छन् । रायडूले यसअघि भारतीय टिमका लागि ५५ एक दिवसीय क्रिकेट खेल्दा १ हजार ६ सय ९४ रन बनाएका छन् । उनले ३ शतक र १० अर्धशतक पनि जोडेका छन् । यस्तै, ६ वटा टी २० मा उनले ४२ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *