यू–१९ टोलीले आज अन्तिम अभ्यास खेल खेल्ने

डिसी नेपाल
१३ भदौ २०७६ ९:२३

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आज तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले शुक्रबार कोलम्बोमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्ससँग खेल्दैछ । अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको छ ।

नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो । पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।

एसीसी यू–१९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *