गगन थापा धर्ना बस्दै

डिसी नेपाल
१३ भदौ २०७६ १२:१४

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापा धर्ना बस्ने भएका छन् । उनी पुलचोकस्थित सडक विभागको कार्यालयअगाडि धर्ना बस्न लागेका हुन् । उनी आज धर्ना बस्ने कार्यक्रम छ ।

काठमाडौं क्षेत्र नं. ४ का सडकहरु तत्काल बनाउन माग गर्दै उनी स्थानीय बासिन्दाहरुसहित आज धर्ना बस्न लागेका हुन् । आज १२ बजेदेखि नै धर्ना कार्यक्रम भनिए पनि एक बैठकका कारण थापा आउन केही ढिलाइ भएपछि साढे १२ बजेदेखि धर्नाको कार्यक्रम राखिएको थापाका स्वकीय सचिव शंकर कुइकेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *