नेपाल पाकिस्तानसँग २–१ ले पराजित, समूहचरणबाटै बाहिरियो

डिसी नेपाल
३ भदौ २०७५ १५:४३

काठमाडौँ । अठारौँ एसियाली खेलकूद एशियाड को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।

नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए। ७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पाकिस्तानले जित्यो।

योसँगै नेपालले समूहका सबै खेल गुमायो। पहिलो खेलमा नेपाल साउन २९ गते जापानसँग १–० ले पराजित भएको थियो भने साउन ३१ गते भियतनामसँग २–० गोलले पराजित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *