च्याम्यिपन्स लिग समूह चरणका यी ६ भिडन्तमा हुनेछ सबैको चासो

डिसी नेपाल
१३ भदौ २०७६ १४:५८

काठमाडौं। युरोपियन क्लव फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको ड्र हिजो सार्वजनिक भएको छ । सार्वजनिक ड्रमा केही खेल यस्ता छन् जसले लिगको उपाधिकै दावेदार मानिएका टिमलाई समूह चरणबाटै आउट गर्न पनि सक्छन् । केही क्लवहरु आफ्ना पुराना खेलाडीँग भिड्ने पनि तय भएको छ । आउनुहोस् हेरौं च्याम्पियन्स लिगको समूह चरणका सबैभन्दा रोचक ६ भिडन्तबारे जानौं ।

१. रियल मड्रिड, किलियन एम्बाप्पे, केलर नाभास र नेइमारः सबैभन्दा चासो दिइएका खेलमध्ये एउटा खेल समूह ए मा हुनेछ जब रियल मड्रिड र पेरिस सेन्ट जर्मेन मैदानमा उत्रिनेछन् । रियलले अहिलेसम्म आफूसँगै रहेका केलर नाभासलाई त्यो खेलमा विपक्षी टिमको गोलपोष्टमा पाउनेछ । जतिबेला रियलले अनुबन्ध गर्न निकै प्रयास गरेका किलियन एम्बाप्पे र नेइमारलाई पनि सम्भवतः विपक्षी टिममै पाउनेछ । यी दुई २०१७–१८ मा च्याम्पियन्स लिगकोराउण्ड अफ १६ मा भेटेका थिए जहाँ रियलले जितेर अघिल्लो चरण गएको थियो ।

२. बार्सिलोनाको विपक्षमा पेको अल्क्यासर र एलेक्सिस सान्चेजः यो समूह निकै बलियो टिमहरुले भरिएको छ जहाँ बार्सिलोनासँगै बोरुसिया डर्टमण्ड र इन्टर मिलान छन् । यो समूहमा बार्सिलोनाले आफ्ना पूर्व खेलाडीहरु पेको अल्क्यासर र एलेक्सिस सान्चेजलाई विपक्षी टिममा पाउनेछ । पहिले बार्सिलोनाकै खेलाडी रहेका पेको अहिले बोरुसिया डर्टमण्डमा छन् भने सान्चेज इन्टर मिलानमा छन् ।

३. जोआओ फेलिक्स भर्सेज क्रिटियानो रोनाल्डोः गत सिजन राउण्ड अफ १६ मा भेट भएका एथ्लेटिको मड्रिड र युभेन्टर यस सिजन समूह चरणमै भेट हुँदैछन् । अघिल्लो सिजन क्रिस्टियानो रोनाल्डो हिरो बनेका थिए तर पछिल्लो पुस्ताका रोनाल्डो मानिएका अर्का पोर्चुगिज फेलिक्स अहिले चम्किने अपेक्षा गरिएको छ । रोनाल्डो र पछिल्लो पुस्ताका रोनाल्डोको यो भिडन्त निकै चासोका साथ हेरिएको छ ।

४. च्याम्पियन र उनीहरुको डरः लिभरपुल र नापोली गत सिजन पनि एउटै सिजनमा थिए र उनीहरुबीच समूहको शीर्षमा रहने प्रतिस्पर्धा थियो । अन्ततः लिभरपुल शीर्षमा रह्यो र उसले उपाधि नै जित्यो । तर, केही समयअघि भएको मैत्रीपूर्ण खेलमा नापोलीले लिभरपुललाई ३–० ले हरायो । यी दुई प्रतिस्पर्धीको खेल पनि निकै चासोका साथ हेरिनेछ ।

५. फिलिप कोटिन्हो र माउरिसियो पोचिटिनोको भिडन्तः यी दुवैले इस्पेनोलमा सँगै काम गरेका थिए । कोटिन्होले इन्टर मिलानबाट लोनमा इस्पेनोल गएर व्यवसायिक फुटबल सुरु गर्दा पोचेटिनोले पनि इस्पेनोलबाट नै प्रशिक्षण सुरु गरेका थिए । अहिले कोटिन्हो लोनमा बायर्न म्युनिख गएका छन् भने पोचेटिनो टोटनह्याममा छन् र यस सिजन उनीहरुको भिडन्त हुने भएको छ ।

६. भ्यालेन्सियाको चेल्सीलाई जित्ने सपनाः च्याम्पियन्स लिगका ६ खेलमा भ्यालेन्सियाले चेल्सीलाई कहिल्यै जित्न सकेको छैन । चेल्सीले भ्यालेन्सियालाइ पछिल्लो पटक २०१०–११ सिजनमा नकआउट गरेको थियो । यस पटक भ्यालेन्सियासँग पहिलो जीतको अवसर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *