चालु आर्थिक बर्ष भित्र गर्ने सबै योजनाको विवरण भदौभित्र पेश गर्न पर्यटनमन्त्रीको निर्देशन

डिसी नेपाल
३ भदौ २०७५ १५:५१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चालु आवमा गरिने सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न मन्त्रालय मातहत निकायलाई निर्देशन दिएका छन् ।

गत आवमा सञ्चालिन आयोजना÷कार्यक्रमको तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले एक महिनाभित्र योजना कार्यक्रम कार्यान्वयनको खाका नल्याए सम्बन्धित निकायका प्रमुख कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पारे ।

“भदौ महिनाभित्र आफ्ना निकायमा आएका योजना कार्यान्वयनका लागि के कस्ता प्रक्रिया अपनाउनुपर्ने हो स्पष्ट खाका ल्याउनुस्, सधैँ कार्यान्वयन हुदैँछ भनेर आलटाल गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।” उनले भने,–योजनाअनुरुप बजेट खर्च नगरिकन अन्तिममा सूचना दिने अधिकारी कारवाहीको भागेदारी हुन्छ । मन्त्री अधिकारीले आगामी एक वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनः कालोपत्र स्तरोन्नतिगर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले पर्यटन मन्त्रालय मातहतका निकायको योजना कार्यान्वयनको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नरहेको भन्दै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिए ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटकीय पूर्वाधारको रुपमा रहेका निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने तथा पर्यटकीय तथ्याङ्कलाई व्यवस्थित गर्ने कार्य अघि बढाइएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *