तेस्रो अभ्यास खेलमा नेपालको हार
काठमाडौं। यू १९ एसिया कप क्रिकेट खेल्न श्रीलंकामा रहेको नेपाली युवा टोली शुक्रबार तेस्रो अभ्यास खेलमा श्रीलंकाको एक क्लबसँग पराजित भएको छ। चिलवा मरिन क्रिकेट क्लबले पहिला ब्याटिंग गर्दै दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १३५ रनमा अलआउट भयो।
श्रीलंकन बलरका अगाडि कुनै पनि नेपाली ब्याट्सम्यान टिक्न सकेनन्। नेपालका लागि सर्वाधिक रन मोहम्मद आसिफ शेखले बनाए। उनले ४४ रन बनाउँदा २६, रित गौतम २५, पवन सर्राफ १२, हरीबहादुर चौहान ४, कुशल मल्ल ४, कमल सिह ऐरी ३ र कप्तान रोहित कुमार पौडेल २ रन मा आउट भए।
चिलवाका लागि नविन गुणबद्र्धन र शेसन सिल्भाले ३–३ विकेट लिएपछि नेपाल कुनै पनि बेला खेलमा फर्किन सकेन।
यसअघि नेपालका लागि सूर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिएका थिए । चिलवाले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो।
यू १९ को तयारीका लागि नेपालले श्रीलंकन क्लब क्रिकेट टिमसँग तीन वटा अभ्यास खेल खेलेका हो। नेपाल एक खेलमा विजयी भयो भने २ खेलमा पराजित भयो।
Facebook Comment