साफ यू–१५: भारतलाई हराउँदै च्याम्पियन बन्ने दाउमा नेपाल

डिसी नेपाल
१४ भदौ २०७६ ७:३२

काठमाडौं । पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । कोलकत्तास्थित कल्याणीमा खेल दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।

अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित हुँदै असफल बन्दै आएको थियो । बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो । नेपाल पहिलो खेलमा भारतसँग व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि भने नेपालले लगातार जित निकाल्दै फाईनल पुगेको हो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–०, तेस्रो खेलमा बंगलादेशलाई ४–१ र अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यता, भारत भने उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्दा दुवै पटक नेपाललाई फाइनलमा हराएको थियो । पहिलो खेलमै नेपाललाई सजिलै पराजित गरेको भारतले दोस्रो खेलमा भुटान, तेस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा साविकको विजेता बंगलादेशलाई पराजित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *