ट्वीटर मालिककै ट्वीटर एकाउन्ट ह्याक!, ह्याकरले गरे यस्ता पोष्ट
एजेन्सी । ट्वीटरका मालिक ज्याक डोर्सेको ट्वीटर एकाउन्टबाट जातीय द्वेष फैलाउने किसिमका ट्वीट भएका छन् ।
शुक्रबार दिउसो उनको ट्वीटर एकाउन्ट ‘ह्याक’ भएको बताइएको छ । जसबाट सामाजिक हिंसा भड्काउन सक्ने स्टाटस उनका सम्प्रेषण भएका हुन् । तीमध्ये एउटा ट्वीटले नाजी शासक एडोल्फ हिटलर निर्दोष भएको दावी गरेको थियो ।
We’re aware that @jack was compromised and investigating what happened.
— Twitter Comms (@TwitterComms) August 30, 2019
यस्तै अफ्रिकन–अमेरिकन र ज्युजहरुविरुद्ध पनि रंगभेदी ट्वीट ज्याकको ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको थियो । साथै ट्वीटर मुख्यालयमै बम राखिएको समेत ट्वीट भएको थियो ।
.@Jack’s account has been hacked.
The Tweets are coming from a source called Cloudhopper. Cloudhopper was the name of the company Twitter acquired a long time ago to help bolster their SMS service.
Looks like the hackers are Tweeting via the old SMS service… pic.twitter.com/YcU3DTn9wS
— Sam (@Hooray) August 30, 2019
सान फ्रान्सिस्कोस्थित ट्वीटरको ‘कम्युनिकेशन टीम’ले उक्त एकाउन्ट कसरी ह्याक भयो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ । तर पछिल्लो ट्वीटबाट भने उक्त ट्वीटर एकाउन्ट सुरक्षित भएको सूचना आएको थियो ।
The phone number associated with the account was compromised due to a security oversight by the mobile provider. This allowed an unauthorized person to compose and send tweets via text message from the phone number. That issue is now resolved.
— Twitter Comms (@TwitterComms) August 31, 2019
Facebook Comment