इंग्ल्याण्डका बलर एण्डरसन घाइते, एसेज सिरिजका बाँकि खेल गुमाउने

डिसी नेपाल
१४ भदौ २०७६ ९:१९

एजेन्सी । इंग्ल्याण्डका फास्ट बलर जेम्स एण्डरसनले एसेज सिरिज अन्तर्गतको बाँकी दुई खेल गुमाउने भएका छन् ।

पिडुलाको चोट बोकेपछि एण्डरसनले अष्ट्रेलियाविरुद्धको बाँकी दुई खेल गुमाउने भएका हुन् । उनको स्थानमा इंग्ल्याण्डले क्रेइग ओभरटनलाई टिममा समावेश गरेको छ । एण्डरसन इंग्ल्याण्डका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

पाँच खेलको एसेज सिरिज १–१ को बराबरीमा रहेको छ । पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो । दुई बीचको दोस्रो टेष्ट ड्र भएको थियो । तेस्रो टेष्टमा इंग्ल्याण्डले रोमाञ्चक जित हात पारेको थियो ।

चौथो टेष्टका लागि इंग्ल्याण्ड जोय रुटको कप्तानीमा टिम घोषणा गरेको छ । इंग्ल्याण्डको टिममा जोफ्रा आर्चर, जोस बट्लर, जासन रोय, साम करन, बेन स्टोक्स, जोन्नी बेस्ट्रो, जो डेन्ली, क्रिस वोक्स, स्टुवार्ट बोर्ड, ज्याक लिच, रोरी बर्न्स र क्रेइग ओभरटन रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *