सिटीको फराकिलो जित

डिसी नेपाल
१५ भदौ २०७६ ८:०९

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले ब्राइटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । इदिहाद स्टेडियममा खेलको दोस्रो मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

खेलको ५५ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४(० को जित दिलाए ।

जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ४ खेलबाट १० अंक जोडेको छ । ३ खेलबाट ९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । पराजित ब्राइटनले ४ खेलबाट ४ अंक जोडेको छ । ब्राइटन १६ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *