बुमराह बने टेस्टमा ह्याट्रिक लिने तेस्रो भारतीय खेलाडी

डिसी नेपाल
१५ भदौ २०७६ ९:२४

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा भारतीय टोली ४ सय १६ रनमा अलआउट भयो । जवाफमा ब्याटिङ गर्न उत्रिएको वेस्ट इन्डिजले दिनको खेल समाप्तमा हुँदासम्म ७ विकेटको नोक्सानीमा ८७ रन बनाएको छ ।

जसप्रीत बुमराहले शानदार बलिङ गर्दै ६ विकेट लिए। उनले ५ वा सोभन्दा बढी विकेट लिएको यो पाँचौँ पटक हो। बुमराहले शनिबारको खेलमा करियरको पहिलो ह्याट्रिक पनि लिए । टेस्टमा यो उपलब्धि हासिल गर्ने उनी तेस्रो भारतीय बलर बनेका छन् ।

यसअघि भारतका लागि हरभजन सिंह र इरफान पठानले टेस्टमा ह्याट्रिक लिएका थिए । यसअघि हनुमा विहारीले शानदार शतक (१११ रन) बनाउँदै टोलीलाई मजबूत स्थितिमा पुर्याएका थिए ।

उनलाई इशान्त शर्माले ५७ रन बनाउँदै राम्रो साथ दिए । कप्तान विराट कोहलीले ७६ तथा मयंक अग्रवालले ५५ रनको पारी खेले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *