साहोको दोस्रो दिन पनि धमाकेदार प्रदर्शन, २ दिनमै गर्यो यति धेरै कमाइ
काठमाडौं। प्रभास र श्रद्धा कपूरको फिल्म साहोले दोस्रो दिन पनि धमाकेदार कमाइ गरेको छ । फिल्मले पहिलो दिन नै घरेलु बक्स अफिसमा मात्र १३० करोडभन्दा माथिको व्यापार गरेको थियो । दोस्रो दिनसम्ममा घरेलु बक्स अफिसमा यसको कमाइ २२० करोड माथि पुगेको छ ।
फिल्मले पहिलो दिन हिन्दी संस्करणले मात्र भारतीय बक्स अफिसमा २४.४० करोड कमाएको थियो । यो कमाइ हिन्दी फिल्ममा २०१९ को तेस्रो ओपनिङ हो । यसअघि सलमान खानको भारतले ४२.३० करोड र अक्षय कुमारको मिशन मंगलले २९.१६ करोड कमाएका थिए ।
दक्षिण भारतमा साहो बाहुबली २ पछि सबैभन्दा ठूलो ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ । दक्षिण भारतमा बाहुबलीले पहिलो दिन १२१.७२ करोड कमाएको थियो । साहोको तमिल र तेलुगु संस्करणले पहिलो दिन ८७ करोड कमाएको छ । दक्षिण भारतमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको दोस्रो स्थानबाट रजनीकान्तको २.० लाई हटाउँदै त्यो ठाउँ साहोले ओगटेको छ । साहोले आन्ध्र प्रदेशमा मात्र पहिलो दिन ५० करोड कमाएको छ ।
Facebook Comment