नक्कली तमसुक बनाएर ठगी गर्ने श्याम परदेशी पक्राउ

सर्लाही । नक्कली तमसुक बनाउँदै ठगी गर्ने श्यामकृष्ण साह कलवार (श्याम प्रदेशी) पक्राउ परेका छन्।
मलंगवा नगरपालिका ४ का परदेशीलाई आइतबार साँझ ८ बजेतिर प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतीतसिं राठौरले जानकारी दिए।
स्थानीयलाई ठगी गरेको अभियोगमा उजुरी परेको हुँदा उनलाई पक्राउ गरेको डिएसपी राठौरले बताए।
प्रतिक्रिया
Facebook Comment