बुर्किना फासोका दुई सैनिकलाई ‘कू’ अभियोगमा १५ बर्ष जेल सजायँ

डिसी नेपाल
१७ भदौ २०७६ ६:०५

बुर्किना फासो । बुर्किना फासोको सैनिक अदालतले यहाँको साहेल राज्यमा सन् २०१५ मा ‘राज्य विद्रोह’ को मुख्य योजनाकार भएको अभियोगमा दुई सेनालाई १५ बर्षको जेल सजायँ तोकिएको एएफपीका स्थानीय रिपोर्टरले बताएका छन् ।

सैनिक अदालतले उक्त विद्रोहको मुख्य योजनाकार भएको आरोपमा जनरल गिलबर्ट डियन्डियरलाई आपराधिक गतिविधि गरेको तथा राज्यको सुरक्षा निकायलाई क्षति पु¥याएको अभियोगमा २० बर्ष जेल सजायँको आदेश गरेको छ । त्यस्तै अर्का जनरल जिब्रिल बासोललाई राष्ट्रघातको अभियोगमा १० बर्ष जेल सजायँ तोकिएको छ ।

आम प्रदर्शनपछि भएको देशव्यापी आन्दोलनको भरमा पदच्युत गरिएका पूर्व राष्ट्रपति ब्लाइस कोम्पाओरको पक्षधर सेनाको समूहले सन् २०१५ मा राज्य विद्रोह गरेको थियो । जसमा १४ जनाको मृत्यु गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *