मुम्बइमा भीषण आगलागी, ५ जनाको मृत्यु ८ घाइते, ३ किलोमिटर क्षेत्र खाली गराइयो

डिसी नेपाल
१७ भदौ २०७६ १०:२७

काठमाडौं। भारतको मुम्बइमा आयल एण्ड नेचुरल ग्यास कर्पोरेशन (ओएनजीसी)को प्लान्टमा भीषण आगो लागेको छ । आगो नवी मुम्बइको ओएनजीजीको कोल्ड स्टोरेजमा लागेको बताइएको छ । आगो निकै भयंकर छ । कोल्ड स्टोरेजमा दर्जनजति मानिसहरु फसेको आशंका गरिएको भारतीय मिडिया आज तकले लेखेको छ । ५ जनाको मृत्यु भइसकेको र ८ जना घाइते भएको समाचार छ । घाइतेहरुको अवस्था निकै गम्भीर भएको बताइएको छ ।

आगोको भयानकतालाई ध्यान दिँदै आसपास ३ किलोमिटरको दायरा खाली गराइएको छ । घटनास्थलमा दमकल विभागका आधा दर्जनभन्दा धेरै गाडीहरु पुगेका छन् । आगो निभाउने प्रयास जारी छ । दमकल विभागका अलावा ओएनजीसीको टिम पनि आगो निभाउने प्रयासमा लागेको छ । प्लान्टमा एलजी ग्यास भएका कारण आगो निरन्तर बढिरहेको छ । तत्कालको लागि प्लान्टमा ग्यास प्रशोधन रोकिएको छ । ग्यासको आपूर्ति पनि रोकिएको छ ।

आगोमा कैयौं आम मानिसहरु पनि फसेको आशंका गरिएको छ । आसपासको क्षेत्र खाली गराइँदैछ । आगो बिहान ७ बजे लागेको बताइएको छ । फायर सर्भिस विशेषज्ञका अनुसार ग्यास सकिएपछि आगो निभ्ने अनुमान छ । यहाँ प्रशोधनका लागि आपूर्ति हुने ग्यासलाई हजीरा प्लान्टमा डाइभर्ट गरिएको छ । यही प्लान्टबाट पूरै मुम्बइमा ग्यास आपूर्ति गरिन्छ । यो प्लान्टबाट विदेशमा पनि ग्यास आपूर्ति गरिन्छ । आगोका कारण ग्यासको आपूर्तिमा असर पर्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *