‘मारुनी’बाट करियरकै सबैभन्दा राम्रो प्रतिक्रिया पाएँ : साम्राज्ञी
काठमाडौं। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’बाट आफूले करियरकै चलचित्रमध्ये सबैभन्दा राम्रो प्रतिक्रिया पाएको बताएकी छन्।
‘मैले जति चलचित्र गरेँ। यत्तिको पोजेटिभ रेस्पोन्स पाएकी थिइन्’ राजधानीमा आयोजित चलचित्रको विशेष शोमा बोल्दै साम्राज्ञीले भनिन् –‘कथा, अभिनय होस् वा मेकिङ। हरेक पक्षमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ। चलचित्रलाई नराम्रो भन्ने दर्शक भेटाएकी छैन।’
साम्राज्ञीले विगतमा आफ्ना चलचित्र नहेर्ने दर्शकहरुबाट समेत ‘मारुनी’लाई लिएर सकारात्मक म्यासेजहरु आईरहेको बताइन्। गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा साम्राज्ञी विगतका भन्दा फरक भूमिकामा छिन्। उनले ‘ट्रान्सजेन्डर’ (जन्मिदा केटा तर यौन अंग परिवर्तन गरेर केटी बनेकी)को भूमिका निर्वाह गरेकी छन्।
गत शुक्रबारबाट लप्रदर्शनमा आएको चलचित्रमा पूनम गौतमको निर्माण तथा नवल नेपालको निर्देशन छ। चलचित्रमा साम्राज्ञी, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका छ। चलचित्र हेरेका दर्शक, कलाकार तथा सञ्चारकर्मीले समेत चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन्। यद्यपी, बलिउड चलचित्र ‘साहो’संग प्रदर्शनमा आएका कारण चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकिरहेको छैन्।
Facebook Comment