‘रातो टीका निधारमा’मा वैदेशिक रोजगारीको कथा, यस्तो बन्यो ट्रेलर

डिसी नेपाल
१७ भदौ २०७६ १७:३३

काठमाडौं  । आउँदो असोज १० गतेबाट प्रदर्शनमा आउने साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रलाई भेट्रान निर्देशक अशोक शर्माले लेखन तथा निर्देशन गरेका हुन्। अशोकका छोरा अंकितले यसै चलचित्रमार्फत अभिनेताका रुपमा डेब्यू गरेका हुन्। सार्वजनिक ट्रेलर हेर्दा चलचित्रले वैदेशिक रोजगारीको कथा वाचन गर्छ।

साहिल खानले तयार पारेको ट्रेलरमा देखाइए अनुसार चलचित्रमा अभिनेत्री साम्राज्ञीले गाउँले युवतीको भूमिका निभाएकी छन्। त्यस्तै, अभिनेता अंकित वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन्। चलचित्रको ट्रेलर कमेडी फ्लेवरमा तयार गरिएको छ।

‘रातो टीका निधारमा’मा साम्राज्ञी र अंकितका अलावा नीता ढुंगाना, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौड्याल, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धारा भुषाल, जयनन्द लामा, राजाराम पौडयाल, कमला रेग्मी लगायतको अभिनय छ।

एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको चलचित्रलाई निर्देशक अशोककी श्रीमती किरन र छोरी कृति शर्माले निर्माण गरेका हुन्। चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत तथा बसन्त श्रेष्ठको कोरियोग्राफी छ। पुरुशोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा सम्पादनको जिम्मा मित्र गुरुङको छ।

चलचित्रको एक रोमान्टिक गीत यसअगाडी सार्वजनिक भईसकेको छ। यो चलचित्रमा झण्डै २ दशक अगाडिको सफल चलचित्र ‘अल्लारे’मा समावेश हिट गीत ‘रातो टीका निधारमा’लाई रि–एरेन्ज गरिएको छ। जुन गीत केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *