बेलायतले अझै पनि ब्रेक्जिट सम्झौता संशोधनको योजना अघि सार्न सक्छः इयू

डिसी नेपाल
१८ भदौ २०७६ ६:३८

ब्रसेल्स । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ ९इयू० बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ। यूरोपेली आयोगकी प्रवक्ताले भने, “बेलायतसँग बहिर्गमनका सम्बन्धमा कूटनीतिक प्रक्रियाबारे ‘प्राविधिक वार्ताहरू’ भइरहेका छन् तर यसमा कुनै उल्लेखनीय प्रगति भएका छैनन्।”

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटका लागि नयाँ सम्झौता हुन सम्भव भए सम्झौता गरेर अन्यथा सम्झौताबिहीन अवस्थामा पनि तोकिएकै समय ९अक्टोबर ३१ मा० बेलायत इयूबाट औपचारिकरूपमा बाहिरिने बताउनुभएको र यसको विरोध गर्दै आफ्नै दल कन्जरभेटिभ पार्टीका केही र विपक्षी लिबरल पार्टीका सांसदहरूले सम्झौताबिहीन अवस्थामा ब्रेक्जिट हुने अवस्था आउन नदिने बताएपछि इयूको यो प्रतिक्रिया आएको हो।

“हाम्रो बुझाईमा आगामी अक्टोबर ३१ मा बेलायत इयूबाट बाहिरिनेछ,” आयोगकी प्रवक्ता मीना आन्द्रीवाले सञ्चारकर्मीसँगको कुराकानीमा बताए । के बेलायत र इयू सहमतिविना नै छुट्टिने सम्भावना छ भन्ने प्रश्नमा बेलायतका उच्च कूटनीतिज्ञ ड्याभिड फ्रस्ट इयू अधिकारीसँग वार्ताका लागि बुधबार ब्रसेल्स जाने कार्यक्रम रहेको छ।

तर एन्ड्रिभाले भने पूर्व सहमतिलाई संशोधनका लागि बेलायतले कुनै उल्लेखनीय प्रस्ताव अहिलेसम्म नल्याएको बताए। जोनसनलगायतका ब्रेक्जिट अभियानका नेताहरूले यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मेद्वारा इयूसँग गरेको सम्झौता बेलायतको हितमा नभएको भन्दै विफल पारिदिएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *