कतारमा आयाेजना हुने विश्वकप फुटबलको ‘लोगो’ सार्वजनिक

डिसी नेपाल
१८ भदौ २०७६ ८:११

एजेन्सी । सन २०२२मा कतारमा हुने फिफा विश्वकप फुटबलको लोगो (प्रतिक) सार्वजनिक भएको छ। कतारकेा राजधानी दोहामा मंगलबार एक कार्यक्रम आयोजना गरि उक्त लोगो सार्वजनिक गरिएको हो।

आयोजक राष्ट्र कतारका साथै उक्त प्रतिक विश्वका धेरै स्थानमा राखिएको छ। जसमध्ये न्युयोर्कको टाइम्स स्क्वायर, मिलानको अर्को डेला पेस तथा लीसेस्टर स्क्वायर लण्डन रहेका छन्। यस्तै कतारमा रहेका प्रसिद्ध भवनहरुमा पनि उक्त लोगो राखिएको छ। ती मध्ये दोहामा रहेको बुर्ज खलिफा एक हो। उक्त लागो विश्वका २४ देशमा एकै पटक सार्वजनिक गरिएको थियो।

कतार विश्वकपको दौडमा उक्त लोगो सार्वजनिक हुनुलाई एक महत्वपूर्ण कदम मानिएको छ। विश्वकप फुटबल अरब देशमा पहिलो पटक आयोजना गर्न लागिएको हो। जसका कारण पनि सबै उत्साहित रहेका छन्। कतारले पनि विश्वकपको तयारी तीव्र रुपमा गरेको छ। विश्वपक सुरु हुन अब तीन वर्ष बाँकी रहेको छ। कतारले उक्त विश्वकपको प्रतिक सार्वजनिक गरेपछि अब बाँकी रहेका छ ओटा मैदानमा बनाउनमा ध्यान केद्रित गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *