टी–२० वरियतामा नेपाल दुई टेष्ट राष्ट्र भन्दा अगाडी यथावत

डिसी नेपाल
१८ भदौ २०७६ ९:३०

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन ।

अब नेपालले अक्टोबरमा ४ वटा टी२० खेल खेल्दैछ । ओमानमा हुने सिरीजमा नेपालसँगै आयरल्याण्ड, नेदरल्याण्ड, हङकङ रहेका छन । सो सिरीजमा गरेको प्रदर्शनले नेपालको बरियतामा फरक पर्नेछ ।

एसोसियट राष्ट्रमा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल यसअघि झै दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *